१४ कार्तिक २०८० काठमाडौं । युवा समाजसेवी अर्जुन थापाले मृगौला तथा क्यान्सर पीडित लाई चाडपर्व खर्च वितरण गरेका छन ।
उनले सामाजिक संजाल मार्फत म्याग्दी घर भएका मृगौला , क्यान्सर जस्ता रोग बाट ग्रसित बिरामिलाइ चाडपर्व खर्च लिनको लागि सुचना जारी गरेका थिए । हाल सम्म ५ परिवारलाई प्रती परिवार एक बोरा चामल , २ किलो दाल , २ किलो मासु , १ लिटर तेल वितरण गर्दै थापाले भने ‘आफुले कमाउने पैसा मध्ये केही प्रतिशत बिपन्न परिवारका लागि खर्च गर्नु नै धर्म हो ।’
माओवादी पार्टीको प्रदेश सदस्य समेत रहेका थापाले आफ्नो गृह जिल्लाका रगत अभाव भएका बिरामी मध्ये ५३०० बढीलाई रगत व्यवस्थापन , विपन्न परिवारका बच्चालाइ शैक्षिक सामाग्री , वैदेशिक रोजगारीका लागि भनी ठगिएका व्यक्तिको निशुल्क रकम असुली जस्ता सामाजिक कार्य गर्दै आएका छन ।
उनी उदयिमान युवा व्यवसायी हुन ।