नसाले मातेपछी चिर्पटले हानेर श्रीमतिको हत्या

36Shares
नसाले मातेपछी चिर्पटले हानेर श्रीमतिको हत्या

११ कार्तिक २०८० काठमाडौं  । हत्या आरोपमा प्रहरीले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ मुडेस्थित लालीखर्कका ४० वर्षीय दावा शेर्पालाई पक्राउ गरेको छ।रक्सीले मातेका ती व्यक्तिले ३६ वर्षीया आफ्नी श्रीमती  लाक्पा डिकु शेर्पाको लखेटि लखेटी चिर्पटले हानेर  हत्या गरेको गरेका छन । मृतकको  शव घरदेखि करिब दुई सय मिटर टाढा गोरेटो बाटोमा फेला परेको स्थानियहरुले बताए। उनको हत्या गरेको आरोपमा दावालाई गएराति नै प्रहरीले पक्राउ गरेको छ। डिकुको शव परिक्षणका लागि जिल्ला अस्पताल लगिएको छ।

दावाले विहिवार रक्सी खाएर श्रीमतीसँग विवाद गरेका थिए। उनले यसअघि पनि विवाद गर्ने र कुटपिट गर्ने गरेका कारण लाक्पा डिकु भागेर मुलघर पुगेकी थिईन। तर, दावा पनि श्रीमतीको पछिपछि मुलघरमै पुगेर रातको समयमा चिर्पटले हानेको स्थानीयले बताएका छन्। जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर बेनु कार्कीका अनुसार शेर्पा दम्पतीबीच यसअघिदेखि नै सामान्य विवाद हुने गरेको थियो। उनीहरुका दुई छोरी छन्।