बाँकेमा रास्वपा नेतासहित ५ जना जुवाडे पक्राउ

बाँकेमा रास्वपा नेतासहित ५ जना जुवाडे पक्राउ

२१ भदौ बाँके । बाँकेको कोहलपुरमा जुवा खेल्दै गरेको अवस्थामा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का एक नेतासहित पाँच जना पक्राउ परेका छन् ।रास्वपा बैजनाथ गाउँपालिका–४ का वडा सभापति कुलबहादुर ओलीसहित ५ जनालाई इलाका प्रहरी कार्यालय कोहलपुरको टोलीले शुक्रबार राति कोहलपुर–१३ स्थित खड्कवारबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बैजनाथ–४ घर भएका रास्वपा वडा सभापति कुलबहादुरसहित कोहलपुर–१२ घर भएका धनबहादुर परियार, चन्द्रबहादुर बस्याल, बेलबहादुर डाँगी र कोहलपुर–५ घर भएका राम गुरुङ रहेको प्रहरीले जनाएको छ ।जुवा खालबाट २ लाख २ हजार नगद बरामद गरिएको इलाका प्रहरी कार्यालय कोहलपुरका इन्स्पेक्टर हरि पुनले जानकारी दिए ।