२१ भदौ काठमान्डौ , यो डोमिनिकन रिपब्लिकका लागि दोस्रो मिस वर्ल्ड उपाधि हो, यसअघि १९८२ मा मारियासेला अल्भारेजले पहिलो उपाधि जितेकी थिइन् ।डोमिनिकन रिपब्लिककी जोहेइरी मोलाले ‘मिस वर्ल्ड २०२६ को उपाधि जितेकी छन् ।
२४ वर्षीया मोला शनिबार साँझ भियतनामको न्हा ट्राङमा आयोजित अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिताको विजेता बनेकी हुन् । उनले प्रतियोगितामा सहभागी १११ प्रतिस्पर्धीलाई पछि पार्दै ताज जितिन् ।यो डोमिनिकन रिपब्लिकका लागि दोस्रो मिस वर्ल्ड उपाधि हो । यसअघि सन् १९८२ मा मारियासेला अल्भारेजले देशका लागि पहिलो मिस वर्ल्ड उपाधि जितेकी थिइन् ।