२१ भदौ बर्दिया । १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा बर्दियामा एक जना पक्राउ परेका छन ।प्रहरीका अनुसार जिल्लाको मधुवन नगरपालिका ५ का ३४ वर्षिय धनबहादुर चुदारालाई शुक्रबार पक्राउ गरिएको हो ।चुदाराले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय ढोढरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।