कर्णाली राजमार्ग पूर्णरूपमा अवरुद्ध

कर्णाली राजमार्ग पूर्णरूपमा अवरुद्ध

२१ भदौ सुर्खेत । कर्णाली राजमार्गअन्तर्गत कालिकोटको गगने खोलामा पहिरो खसेपछि सुर्खेत जुम्ला सडकखण्ड पूर्णरूपमा अवरुद्ध भएको छ ।जिल्ला प्रहरी कार्यालय कालिकोटका अनुसार सनिवार साँझ ६ः३० बजेको समयमा अविरल वर्षाका कारण लेदोसहितको पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको हो ।

प्रतिकूल मौसमका कारण रातिको समयमा पहिरो हटाउन समस्या भएकाले तत्काल सडक खुलाउन नसकिएको प्रहरीले जनाएको छ। अहिले बिहानैदेखि पहिरो हटाउने कार्य सुरु गरिने प्रहरीले जानकारी दिएको छ । फाइल तस्बिर