२० असोज २०८० काठमाडौं । ‘स्थानिय सरकार : अपेक्षा र अवस्था’ नामक पुस्तक प्रधानमन्त्री पुष्पकमल दहाल ( प्रचण्ड ) ले लोकार्पण गर्नु भएको हो ।
बेलकाेट नगरपालिकाकि पुर्व उपप्रमुख कविता ढुंगाना द्वारा लिखित उक्त पुस्तक आज काठमाडौंकाे महिला आयोगको सभा हलमा लोकार्पण भएको हो । ‘ यो पुस्तकले संविधान सस्थागत गर्न थप सहयोग पुग्ने छ । कता कता संघीयता प्रती प्रहार भैरहेको बेला यो पुस्तक प्रकाशन हुनु एउटा सुखद पक्ष हो । आफ्नो कार्यकालको अनुभव समेटेर स्थानिय सरकारको महत्व झल्काउनु पुस्तकको मुख्य पक्ष भएको मा लेखक लाई बधाइ भन्न चाहन्छु ।’ प्रधानमन्त्रीले भने ।
कार्यक्रमको प्रमुख अतिथी प्रधानमन्त्री , नेपाली काङ्ग्रेसका नेता अर्जुन नरसिंह के सि , रास्ट्रिय प्राकृतिक स्रोत तथा बित्त आयोग पुर्व अध्यक्ष बालानन्द पौडेल , रास्ट्रिय सभा सदस्य देबेन्द्र दहाल लगायतको उपस्थित रहेको थियो ।
लेखक शसस्त्र युद्ध कालिन सहिद भरत ढुंगानाकि छोरी समेत हुन ।