दीपककुमार शर्मा
८ भदौ बर्दिया । गएको निर्वाचनमा विपक्षी दलका उम्मेदवारलाई सहयोग गरेका कारण कार्वाहिको सिफारिसमा परेका लुम्बिनी प्रदेश सभा सदस्य राजकुमार चौधरीले मन्त्री नपाएपछि विपक्षी दलको कुर्सी उपलब्ध गराउन माग गरेका छन् ।
पूर्वनागरिक उन्मुक्ति पार्टि बाट बर्दिया क्षेत्र नं१ को ख जितेका राजकुमार चौधरीको पार्टि तत्कालिन माओवादीमा विलय भएपछि नेकपा बनेको थियो । उनि अहिले नेकपाकै सांसदको हैसियतमा रहेका छन । पुर्व नागरिक उन्मुक्ति पार्टि बाट आफुलाई मन्त्री बनाउनु पर्ने भन्दै पार्टिको प्रदेश हुँदै पेरिसडाडा सम्म धाएका चौधरीले मन्त्री बन्न नपाएपछि विपक्षी दलको कुर्सी उपलव्ध गराउन प्रदेशसभा सचिवालयमा पत्र बुझाएका छन ।
चौधरीले लुम्बिनी प्रदेशसभा सचिवालयमा बुझाएको पत्रमा पार्टी एकताको मूल मर्म र भावना विपरीत साबिक नेकपा माओवादी केन्द्र पृष्ठभूमिबाट एकलौटी रूपमा निर्णय गरिएको आरोप लगाएका छन्।सत्ता साझेदारीमा रहेका एमाले र नेकपाबाटै मन्त्री चयनको समझदारी गरेर टुंगो लगाएका थिए । नेकपाबाट तीन मन्त्रीको लागि नाम सिफारिस भएको थियो । उनीहरूले विपक्षी बेन्च मागेर प्रदेश सभामै पत्राचार गरेका छन्।लुम्बिनी प्रदेशसभामा नेकपाका १३ सदस्य रहेको बताइएको छ। तीमध्ये साबिक माओवादी केन्द्रबाट ९, नागरिक उन्मुक्ति पार्टीबाट ३ र नेकपा समाजवादी पृष्ठभूमिबाट १ जना नेकपामा समाहित भएका छन्। यसै विच लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले तीन मन्त्री नियुक्त गर्नु भएको छ । नेपाली कम्युनिस्ट पार्टी नेकपाबाट तीनजना नयाँ मन्त्री नियुक्त गर्नु भएको छ । न
याँ मन्त्रीहरुको सपथ भोली मंगलबार दिउँसो ३ बजेर २५ मिनेटमा राखिएको छ ।नयाँ नियुक्त भएका दीपेन्द्रकुमार पुनलाई स्वास्थ्य मन्त्रालय, इन्द्रजीत थारूलाई आर्थिक मामिला तथा योजना मन्त्रालय र कृष्णा कुश्मा थारूलाई कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिने प्रस्ताव गरिएको छ ।मन्त्रिपरिषद्का अन्य सदस्यमा तुलसीप्रसाद चौधरीलाई वन, वातावरण तथा पर्यटन मन्त्रालय, रामजीप्रसाद घिमिरेलाई सामाजिक विकास मन्त्रालय, सन्तोषकुमार पाण्डेयलाई शहरी विकास, ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालय, रत्नबहादुर खत्रीलाई भौतिक पूर्वाधार विकास मन्त्रालय तथा भण्डारीलाल अहिरलाई आन्तरिक मामिला, कानुन, उद्योग तथा यातायात मन्त्रालयको जिम्मेवारी दिने सिफारिस गरिएको छ ।