दशैंको टीका लगाउदा कता फर्किएर लगाउने ?

735Shares
दशैंको टीका लगाउदा कता फर्किएर लगाउने  ?

१६ असोज, काठमाडौं । आज गुरुपुरोहित र मान्यजनको हातबाट टीका लगाएर बडादशैं मनाइँदै छ । टीका लगाउने उत्तम साइत ११ बजेर ५३ मिनेटमा छ भन्ने त धेरैलाई थाहा भइसकेको हुनुपर्छ र टीका लगाउँदा कता फर्किएर लगाउने भन्ने पनि थाहा नै होला ।हो, दशैंको टीका लगाउँदा टीका थाप्ने व्यक्ति पूर्व फर्किनुपर्छ र लगाइदिने व्यक्ति पश्चिम फर्किनुपर्छ ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्रा.डा. देवमणी भट्टराईका अनुसार परम्परा अनुसार पूर्व–पश्चिम टीकाको साइत हो । ‘सामान्यतया पूर्व–पश्चिम नै हाम्रो पुरानो परम्परा हो,’ प्रा.डा. भट्टराईका अनुसार ‘दशैंको टीका थाप्ने व्यक्ति पूर्वपट्टि फर्किने र टीका लगाइदिने मान्यजन पश्चिमतिर फर्किनुपर्छ ।’