१२ असोज काठमान्डौ । माउन्टेन फ्लाइटका लागि काठमाडौँबाट ४२ जना यात्रु लिएर उडेको श्री एयरको जहाजमा समस्य आएपछि केही समयअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरण गराइएको छ । जहाज आकाशमा उडिरहेका बेला इन्धन चुहिएपछि आकस्मिक अवतरण गराइएको हो ।
जहाज उडेको केही बेरमै बाँयातर्फको इञ्जिनबाट इन्धन चुहिएको थियो । त्यसपछि जहाजलाई लामो समय आकाश उडाए इन्धन खालि भएपछि विमानस्थलमा अवतरण गराइएको हो । सुरक्षाका सबै प्रवन्धको व्यवस्था भएपछि अवतरण गराइएको थियो । आज बिहान ७ बजे उडेको सो जहाजमा ४२ जना यात्रु थिए ।