कम्प्युटर पसलबाट आगो लाग्दा ८ घर पुर्णरुपमा क्षति

69Shares
कम्प्युटर पसलबाट आगो लाग्दा ८ घर पुर्णरुपमा क्षति

६ असोज मुगु । मुगु जिल्लाको सदरमुकाम गमगढी बजारमा गए राति भीषण आगलागी भएको छ । आगलागी बाट के कतिको क्षति भएको त्यसको विवरण संकलन कार्य जारी रहेको छ । राति करिब १२ बजेबाट सुरु भएको आगलागीका कारण ८ घर पूर्ण रूपले जलेका जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए ।

विसं २०७८ कात्तिक २९ गते पिन गमगढी बजारको तल्लो बजारमा आगलागी हुँद १९ घर जलेर नष्ट भएका थिए ।कम्प्युटर पसलबाट आगलागी सुरु भएको बताइएको छ । विद्युत् सर्ट भएर आगलागी भएको प्रारम्भीक अनुमान रहेको छ ।