५ असोज बाँके । बाँकेमा रहेको जयेन्दुबाल सुधार गृहमा दुई पक्षविच झडप हुँदा १ जनाको मृत्यु भएको छ भने अन्य एक दर्जन जती घाइते भएका छन । बाँकेको डुडुवा गाउँपालिका ६ आसमानपुरमा रहेको जयेन्दुबाल सुधार गृहमा गएराति सुधार गृहमा रहेका दुइ पक्ष विच झडप हुँदा घाइते भएका एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरिक्षक सन्तोष शिह राठौरका अनुसार मृत्यु हुनेमा रुपन्देहि कञ्चन गाउँपालिकाका सुलभ केसी रहेका छन । झडपमा परी अन्य करिब एक दर्जन घाइते भएका छन ।
मृतक केसी अपहरण , शरिरबन्धक र जवरजस्ती करणी कसुरमा सुधार गृहमा रहेका थिए । झडपमा परी अन्य १० जना घाइतनेको नेपालगञ्ज शिक्षण अस्पतालमा उपचार चलिरहेको छ ति मध्ये केहिको अवस्था गम्भिर रहेको छ । सुधार गृहभित्र दुइ पक्ष विचको झडप हुदा रातभर बालसुधार गृहको अवस्था तनावपुर्ण बनेको थियो । अहिले स्थिति सामान्य वनिसकेको र घटनाको अनुसन्धान चलिरहेको प्रहरीले जनाएको छ । झडपका कारण सुधार गृहको सामान तोडफोड भएको छ । रातभरी अवस्था निकै तनाव पुर्ण रहेको थियो ।