शिक्षक आन्दोलन पछि सरकारका तर्फबाट गृहमन्त्री नारायण काजिको नेतृत्वमा वार्ता टोलि गठन

51Shares
शिक्षक आन्दोलन पछि सरकारका तर्फबाट गृहमन्त्री नारायण काजिको नेतृत्वमा वार्ता टोलि गठन

४ असोज २०८० काठमाडौं । उपप्रधानमन्त्री एवम् गृहमन्त्री, शिक्षामन्त्री, अर्थमन्त्री, कानुनमन्त्री तथा तत् मन्त्रालयका सचिवसहित संचारमन्त्री र आन्दोलनरत नेपाल शिक्षक महासंघ, नेपाल शिक्षक संघ, नेपाल राष्ट्रिय शिक्षक संगठन, एकीकृत विद्यालय शिक्षक परिषद , एकीकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष एवम् प्रतिनिधिबीच शिक्षक आन्दोलनको निकासबारे आज साँझ अबेरसम्म गृह मन्त्रालयमा गम्भीर छलफल भएको छ।

त्यसक्रममा सरकारले शिक्षकहरूलाई औपचारिक वार्ताको आव्हान गरेको छ। उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको नेतृत्वमा शिक्षा बिज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राई, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङ र तत् मन्त्रालयका सचिवहरू रहेको सरकारी वार्ता टोली र शिक्षक संघ/संगठनले बनाउने वार्ता टोलीबीच भोलि बिहान ९ बजे गृह मन्त्रालयमा थप छलफल हुनेछ।