स्वास्थ्यमन्त्री पौडेल अस्पतालबाट डिस्चार्ज

864Shares
स्वास्थ्यमन्त्री पौडेल अस्पतालबाट डिस्चार्ज

२० असार काठमाडौँ | स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलको अस्पतालबाट डिस्चार्ज भएका छन्। स्वास्थ्यमा सुधार आएपछि मन्त्री वीर अस्पतालबाट उपचारपछि घर फर्कनु भएको अस्पतालका निर्देशक प्रा डा दिलीप शर्माले जानकारी दिए।

लगातार ज्वरो आएर आएपछि कोरोना, डेंगु, रगत, पिसाव परीक्षण गरिएको रिपोर्टहरू राम्रो आएको अस्पतालका निर्देशक डा. दिलिप शर्माले बताए ।

मन्त्री पौडेल अस्पतालको पुरानो भवनमा रहेको विशेष भीभीआईपी कक्षमा उपचार गरिएको थियो ।मन्त्री पौडेलले थाइल्याण्डमा आयोजित कार्यक्रममा सहभागी भई स्वदेश फर्के लगतै ज्वरो आएपछि यही असार १४ गते अस्पतालमा भर्ना भएका थिए।