दिलभूषण पाठकलाई २५ हजार धरौटीमा छाड्न आदेश

780Shares
दिलभूषण पाठकलाई २५ हजार धरौटीमा छाड्न आदेश

१९ असार, काठमाडौं । पत्रकार दिलभूषण पाठकलाई २५ हजार धरौटीमा रिहा गर्न अदालतले आदेश जारी गरेको छ । न्यायाधीश खेमराज भट्टको इजलासले बिहीबार पत्रकार पाठकलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो।

पत्रकार पाठकले आजै धरौटी बुझाउने तयारी गरेका छन्।

पाठकले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र परराष्ट्र मन्त्री आरजु राणा देउवाका छोरा जयवीर देउवाको तारे होटल हिल्टनमा लगानी रहेको, अस्ट्रेलिया, क्यानडा, दुबईमा पनि लगानी रहेको सामग्री युट्युबमा प्रसारण गरेको विषयमा नेपाल प्रहरीको साइबर ब्युरोले अनुसन्धान गरेको थियो।

उक्त कार्यक्रम भिडिओ, स्क्रिनसट, कागजातहरू पनि अभियोग पत्रका साथ पेस गरिएको छ। प्रहरीले पाठकलाई पक्राउ गरेर अनुसन्धान गर्न जिल्ला अदालतबाट अनुमति लिए पनि उच्च अदालत पाटनले पाठकलाई पक्राउ नगर्न अन्तरिम आदेश दिएको थियो।

उनीविरूद्ध विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसुरमा पक्राउ पुर्जी जारी भएको थियो भने उच्च अदालत पाटनले पक्राउ नगर्न आदेश दिएको थियो।