१७ असार काठमाडौँ । नायिका रेखा थापाले गृहमन्त्री रमेश लखेकलाई बधाई दिएकी छन् । आमाको नामबाट नागरितका पाउने स्थिति बनेको भन्दै नायिका थापाले मंगलबार गृहमन्त्रीलाई भेटेर बधाई दिएकी हुन् ।
थापाले गृहमन्त्रीसँग भएको भेटवार्ताको तस्बिर सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गर्दै लेखेकी छन्,सन्तानलाई आमाले जन्मदिनु हुन्छ ,आमाले पालन पोषण गर्नुहुन्छ । तर नागरिकता लिन जादा खेरी बाबुको खोजी हुन्छ तर आमाको नामबाट नागरितका पाउने स्थिति बनेन अब यस्तो परिस्थितिको अन्त्य भएको छ । नेपाल सरकार एवं गृहमन्त्रीज्युलाई यो साहासिक एवं ऐतिहासिक कदमका लागी धेरै धेरै बधाई ।