गाजाको एक क्याफेमा इजरायली मिसाइल आक्रमण

852Shares
गाजाको एक क्याफेमा इजरायली मिसाइल आक्रमण

१७ असार काठमान्डौ । अभियन्ता, पत्रकार र स्थानीयको बाक्लो जमघट हुने गाजाको एक क्याफेमा भएको इजरायली हमलामा कम्तिमा २० जनाको ज्यान गएको छ।प्रत्यक्षदर्शीका अनुसार उद्धार टोलीले त्यहाँबाट २० शव बाहिर निकालेका छन्। अल बाका क्याफ्टेरिया नामको सो क्याफेमा घाइते भएका थुप्रैको उद्धार गरिएको खबर अन्तर्राष्ट्रिय सञ्चार माध्यममा उल्लेख छ।

गाजालाई खाली गराउने सोचसहित आक्रमण गरेपछि इजरायलले क्याफेमा आक्रमण गरेको हो। अन्तर्राष्ट्रिय निकायले नै इजरायली प्रधानमन्त्री बेन्जानिम नेतान्यहुलाई युद्ध विरामका लागि दबाब दिइरहेको समयमा यो आक्रमण भएको हो।