सुदूरपश्चिम : उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रामेश्वर चौधरीको पद संकटमा

759Shares
सुदूरपश्चिम : उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रामेश्वर चौधरीको पद संकटमा

६ असार कैलाली । सुदूरपश्चिममा उद्योग पर्यटन वन तथा वातावरणमन्त्री रामेश्वर चौधरीको पद संकटमा परेको छ ।
नागरिक उन्मुक्ति पार्टीबाट नियुक्त मन्त्री चौधरीलाई पदबाट राजीनामा दिन मुख्यमन्त्रीलेनिर्देशन दिएको बताइएको छ । जेठ ४ गते नियुक्त भएका मन्त्री चौधरीको पद संकटमा परेको हो ।रामेश्वरअघिका उद्योगमन्त्रीमा नागरिक उन्मुक्तिकै लक्ष्मणकिशोर चौधरी थिए । आर्थिक चलखेलमा संलग्न रहेको अडियो सार्वजनिक भएपछि मुख्यमन्त्री शाहको निर्देशनमा लक्ष्मणकिशोरले पदबाट राजीनामा दिएका थिए ।

खप्तड क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिका पदाधिकारीको नियुक्ति मन्त्रिपरिषद्को निर्णयमा हुने व्यवस्था छ । समितिमा कार्यकारी निर्देशक सदस्य सचिवको भूमिकामा रहने गठन आदेशको व्यवस्था छ । कार्यकारी निर्देशकको नियुक्ति भने मन्त्रीस्तरीय निर्णयबाट हुन्छ ।तर मन्त्री चौधरीले महत्वपूर्ण निकायमा उपसचिव तहको कार्यकारी निर्देशक नियुक्त गर्दासमेत आफूलाई जानकारी नदिएपछि मुख्यमन्त्री नैतिक संकटमा परेका थिए ।