१ असार बर्दिया । बर्दियामा आतंक मच्चाउने अक्रो चितुवालाई नियन्त्रणमा लिइएको छ ।बर्दियाको गुलरिया नगरपालिका–५ बालापुरस्थित थारु सामुदायिक वनबाट आइतबार बिहान अर्को चितुवालाई नियन्त्रणमा लिइएको छ ।
बालापुर क्षेत्रमा आतंक मचाउँदै आएको अर्को चितुवा डिभिजन वन कार्यालय बर्दियाले केज थापेर नियन्त्रणमा लिएको हो ।गत जेठ १४ गते गुलरिया नगरपालिका–५ बालापुरकी ७ वर्षीया सायरा थारु र गत बैशाख १५ गते गुलरिया नगरपालिका–८ डम्पिङ साइड सर्जु सामुदायिक वनमा चितुवाको आक्रमणबाट ९ वर्षीया मेलिना खड्काको मृत्यु भएको थियो ।यसअघि गत जेठ २१ गते पोथी चितुवा नियन्त्रणमा आएको थियो । डिभिजन वन कार्यालयले राखेको क्यामरामा दुई वटा चितुवा देखिएको थियो ।