प्रसाईँसहित सात जना पुर्पक्षका लागि थुनामा, ३२ जना धरौटी बुझाएर रिहा

759Shares
प्रसाईँसहित सात जना पुर्पक्षका लागि थुनामा, ३२ जना धरौटी बुझाएर रिहा

३० जेठ, काठमाडौं ।  काठमाडौं जिल्ला अदालतले गत चैत १५ गते तीनकुनेमा भएको राजावादीहरूको प्रदर्शनका क्रममा भएको हिंसात्मक घटनामा संलग्न रहेको भन्दै दुर्गा प्रसाईंसहित ७ जनालाई पुर्पक्षका लागि जेल चलान गरेको छ । न्यायाधीश धु्रवराज कार्कीको इजलासले बिहीबार राति गत चैत १५ गते तीनकुनेमा भएको घटनाका सन्दर्भमा प्रसाईँसहित सात जनालाई थुनामा पठाउने आदेश दिएको हो ।

पुर्पक्षका लागि जेल पठाइएकामा प्रसाईंसहित तारा राजावादी भन्ने सरोज गौतम, अनुप राजावादी भन्ने गोकर्ण शाही, डण्डपाणि रेग्मी, सुशील बराल, केशव बस्नेत र कुमार तामाङ रहेका छन् ।

अदालतले सोही घटनामा संलग्न ३२ जनालाई १० हजारदेखि एक लाख रुपैयाँसम्म धरौटी लिएर थुनामुक्त गर्ने आदेश दिएको छ ।न्यायाधीश ध्रुवराज कार्कीको एकल इजलासमा बिहीबार दिउँसो थुनछेक बहस सकिएपछि १२ः०० बजेपछाडी मध्यरातमा सो आदेश आएको हो ।

चैत १५ गते प्रसाईंको नेतृत्वमा काठमाडौंको तीनकुनेमा हिंसात्मक प्रदर्शन हुँदा २ जनाको ज्यान गएको थियो भने निजी घर, सरकारी गाडीसँगै जडिबुटी प्रशोधन केन्द्रमा आगजनी र भाटभटेनीमा लुटपाटसमेत भएको थियो ।