२३ जेठ बाजुरा । बाजुरामा भीषण आगलागी भएको छ ।जिल्लाको बुढीगंगा नगरपालिका ८ मा रहेको बाम्का बजारमा भीषण आगलागी भएको प्रहरीले जनाएको छ ।जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायब उपरीक्षक इकबाल हवारीका अनुसार ग्यास सिलिन्डर पड्किएर आगलागी भएको हो ।
दिउँसो ४ बजे लागेको आगो अझै नियन्त्रणमा आएको छैन । बाजुरा बुढीगंगा नगरपालिकाका मेयर रामबहादुर बानियाँले आगलागीबाट ठूलो क्षति भएको बताए ।