भिजिट भिसामा हुने भ्रष्टाचार प्रकरणमा मेरो संलग्नता छैन : गृहमन्त्री

807Shares
भिजिट भिसामा हुने भ्रष्टाचार प्रकरणमा मेरो संलग्नता छैन : गृहमन्त्री

१४ जेठ, काठमाडौं । गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गरेका छन् । बुधबार पत्रकार सम्मेलन गर्दै गृहमन्त्री लेखकले आफूविरुद्ध राजनीतिक पूर्वाग्रहका आधारमा षड्यन्त्र भएको बताए ।’भिजिट भिसा प्रकरणमा मेरो संलग्नता देखाएर जसरी समाचारहरू आएका छन् ।  र, सामाजिक सञ्जालमार्फत जसरी विचारहरू अभिव्यक्त भएका छन् । त्यो असत्य कुरा हो । बेठीक कुरा हो । त्यसमा मेरो कुनै संलग्नता छैन,’ गृहमन्त्री लेखकले भने ।

साथै, उनले आफूविरुद्ध नियोजित र षड्यन्त्रपूर्वक ढंगबाट आक्रमण भएको बताए । अख्तियारबाट हुने कारबाहीलाई खुला मनले स्वागत गर्ने लेखकले बताए । उनले भने, ‘आयोगको अनुसन्धानमा कतैबाट पनि प्रभावित पारिनुहुन्न ।’उनले यस विषयमा संसदमै कुरा राख्न खोजे पनि विपक्षीहरूले अवरोध गर्दा पत्रकार सम्मेलन गर्नुपरेको बताए।