अमेरिकाले विदेशी विद्यार्थीहरुको भिसा प्रकृया अस्थायी रुपमा बन्द गर्यो

837Shares
अमेरिकाले  विदेशी विद्यार्थीहरुको भिसा प्रकृया अस्थायी रुपमा बन्द गर्यो

१४ जेठ, काठमाडौं । अमेरिकाको ‘स्टुडेन्ट भिसा’ पाउने नेपालीको संख्या फेब्रुअरी महिनाको तुलनामा मार्च महिनामा केही घटेको छ । मार्चमा अमेरिकाको विद्यार्थी भिसा पाउने नेपालीहरुको संख्यामा पनि गिरावट आएको तथ्यांक अमेरिकी सरकारको विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले सार्वजनिक गरेको छ । मार्चमा जम्मा ७६१ जना नेपालीहरुले अमेरिकाको विद्यार्थी भिसा एफ वान पाएका छन् भने उनीहरुका ३६ जना डिपेन्डेन्टहरुले पनि एफ टु श्रेणीको भिसा पाएका छन् । यो संख्या फेब्रुअरीको तुलनामा कम हो ।

अमेरिकाले सामाजिक सञ्जाल परीक्षण कडा बनाउने नीतिसँगै विदेशी विद्यार्थीको भिसा प्रक्रिया पनि अस्थायी रुपमा रोक्ने निर्णय गरेको हो। मंगलबार जारी कूटनीतिक केबलअनुसार यहूदी-विरोधी भावना फैलाउने वा राष्ट्रिय सुरक्षामा खतरा उत्पन्न गर्न सक्ने अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई रोक्ने लक्ष्य राखेर यस्तो निर्णय गरिएको हो। अर्को निर्देशन नआएसम्म नयाँ अन्तर्वार्ता तालिका नथप्न भनिएको छ। पहिले नै निर्धारित अन्तर्वार्ताहरू भने जारी रहनेछन्।

गत हप्ता, ट्रम्प प्रशासनले हार्बर्ड विश्वविद्यालयलाई विदेशी विद्यार्थी भर्ना गर्न रोक लगाएको थियो । हार्बर्डमाथि चिनियाँ पक्षसँग साँठगाँठ गरेको र यहुदीविरोधी गतिविधिलाई प्रोत्साहन गरेको आरोप लगाइएको थियो । यद्यपि, एक संघीय न्यायाधीशले यो निर्णयलाई तत्कालका लागि स्थगित गरेका छन् ।

मंगलबार अमेरिकी सञ्चारमाध्यमहरूले ट्रम्प प्रशासनले हार्बर्डसँगको बाँकी संघीय सम्झौता पनि चाँडै तोड्ने योजना बनाएको उल्लेख गरेका छन् । यदि यो सम्झौता रद्द भएमा, यो हालसम्मकै सबैभन्दा ठूलो कदम हुनेछ ।

हालै ट्रम्प प्रशासनले हार्वर्ड विश्वविद्यालयलाई विदेशी विद्यार्थी भर्ना गर्ने अनुमति फिर्ता लिएको थियो, जसको कारण विश्वविद्यालयको फिलिस्तीन समर्थन प्रदर्शनप्रति देखिएको धारणा र विविधता कार्यक्रमसँग सम्बन्धित रहेको बताइएको छ।

यद्यपि, सो निर्णयलाई हाल एक संघीय न्यायाधीशले अस्थायी रूपमा रोक लगाएका छन् । मंगलबार पत्रकार सम्मेलनमा बोल्दै अमेरिकी विदेश मन्त्रालयकी प्रवक्ता टेमी ब्रुसले सो ज्ञापनबारे प्रत्यक्ष टिप्पणी नगरे पनि भनिन्, ‘देशमा को प्रवेश गर्छ भन्ने विषयमा हामी अत्यन्त गम्भीर छौँ।’