आत्महत्या भन्ने शब्द दिमागबाट निकालौं : केपी ओली

780Shares
आत्महत्या भन्ने शब्द दिमागबाट निकालौं  : केपी ओली

३० भदौ काठमाडौं । मानसिक सन्तुलन गुमाएको मानिसले आत्महत्या गर्ने एमाले अध्यक्ष केपी शर्मा ओलीले बताएका छन्।

राजधानीमा भएको ‘बासँग बालिबालिका’ नामक अन्तरक्रियात्मक कार्यक्रममा उनले आत्महत्या काँतर, संघर्ष गर्न नसक्ने र मानसिक सन्तुलन गुमाएको मानिसले गर्ने बताए।उनले बालबालिकालाई आत्महत्या भन्ने शब्द दिमागबाट निकाल्नसमेत आग्रह गरे। विभिन्न संघर्षबाट बाँचेर आएको जीवन समाप्त पार्नु अपराध भएको उनको भनाइ छ। यस्तै उनले आफू अझै २० वर्ष सक्रिय रहने बताउँदै त्यसबीचमै पार्टी र देशको नेतृत्व सक्षमलाई हस्तान्तरण गर्नेसमेत बताए।