१ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल राष्ट्र बैकको रिक्त गभर्नरमा योग्यता क्रमका आधारमा क्षमतावान व्यक्तिको नियुक्ति गर्ने पक्षमा आफू रहेको बताएका छन् ।
काठमाडौंमा बिहीबार पूर्व योजनाकार मञ्च नेपालको औपचारिक शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफू प्रधानमन्त्री हो तर सरकारमा आफू मात्रै नभएको बताएका हुन् । उनले भने, ‘राष्ट्र बैकमा मेरो कोही ल्याउनु छैन । मेरिटोक्रेसीका आधारमा क्षमतावान मान्छे ल्याउने हो । काम गर्न सक्ने मान्छे भए देशलाई भैहाल्छ । मेरो मान्छे भन्ने चाहिँदैन । म प्रधानमन्त्री हो तर सरकारका म मात्र छैन । त्यसैले म सकेसम्म मेरिटोक्रेसीलाई महत्व दिन्छु ।’
संक्रमणकालीन न्यायसँग सम्बन्धित आयोगमा पनि क्षमता भएका व्यक्ति नियुक्ति गरिएको प्रधानमन्त्रीको भनाइ थियो । एक आयोगका अध्यक्षलाई आफूले मुख्यमन्त्री हुँदा चिनेको अन्य पदाधिकारीसँग व्यक्तिगत चिनजान र सम्बन्ध नरहेको उनको भनाइ थियो ।
मुख्यसचिव कन्फर्म पनि मैले नै बनाएको हो । तर न मसँग नाता, सम्बन्ध, न केही न केही । न पोल्टिकल रिलेसन । न उहाँ पोल्टिकल मान्छे हो । हुन तः अब मान्छे पोल्टिकल प्राणी त हो नै । उहाँले कहाँ भोट हाल्नुहुन्छ, मैले सोधेको छैन । राष्ट्र बैंकको गभर्नरमा मेरो क्याण्डिडेट कोही पनि छैन । आफ्नो भन्ने केही पनि छैन ।’ उनले पूर्व योजनाकारहरुको संस्थाबाट आफ्ना सोच र अनुभवको आदानप्रदान होस् भन्ने कामना गर्दै व्यक्तित्व टकराव नगरी संस्थाको दिगोपनाको कामना गरे ।