काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार पनि सेयर बजार घटेको छ ।साताको अन्तिम दिन आज बजार बजार परिसूचक ७.३७ अङ्क घटेको हो । यो सँगै २६१२.८९ अङ्कमा कायम भएको छ । आज बजारमा ७ अर्ब ८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज सात अर्ब आठ करोड ३३ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ ।अघिल्लो दिनको तुलनामा कारोबार रकममा १ अर्ब ६५ करोड रूपैयाँ कमी आएको हो।
आज होटल, म्युचल फन्ड र व्यापार बाहेक सबै समूहको शेयर घटेकोमा विकास बैंक समूहको शेयर २ प्रतिशतभन्दा धेरैले ओरालो लागेको छ । आज होटल, म्युचल फन्ड र व्यापार बाहेक सबै समूहको शेयर घटेकोमा विकास बैंक समूहको शेयर २ प्रतिशतभन्दा धेरैले ओरालो लागेको छ ।आज बजारमा सोल्टी होटल कम्पनीको सबैभन्दा धेरै कारोबार भएका छन् । कारोबार सङ्ख्यामा भने क्रेष्ट माइक्रो इन्स्योरेन्स अगाडि रहेको रहेको छ ।
बिहीबार कर्पोरेट विकास बैंकको शेयर सबैभन्दा धेरै साढे ८ प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन बिहीबार ओम मेगाश्री फर्मास्युटिक्लस कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ ।