भेरी नदीमा जिप दुर्घटना अपडेट – २ जना बेपत्ता २ जना घाइते

भेरी नदीमा जिप दुर्घटना अपडेट –  २ जना बेपत्ता २ जना घाइते

२७ साउन सल्यान । भेरी नदीमा जिप खसेर दुई जना बेपत्ता भएका छन भने अन्य दुई जना घाइते भएका छन ।प्रहरीका अनसार बुधबार छिन्चु–जाजरकोट सडकखण्डअन्तर्गत वनगाड कुपिण्डे नगरपालिका–१, बाङ्गिरह नजिकै लु १ ज ३०२२ नम्बरको जिप सडकबाट भेरी नदीमा खसेर दुर्घटना भएको हो । दुर्घटनामा परी बेपत्ता हुनेमा जिप चालकसमेत रहेका दाङका २३ वर्षीय हेमराज बीसी सल्यान सिद्धकुमाख गाउँपालिका–४ का २३ वर्षका भीमबहादुर राना रहेको प्रहरीले जनाएको छ ।

बालुवा सङ्ग्रीबाट सल्लीबजारतर्फ फर्किने क्रममा रहेको उक्त जिप दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।उनीहरूको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय सल्यानमा प्रमुख प्रहरी नायब उपरीक्षकडीएसपी दीपक पातलीले जानकारी दिनु भयो ।दुर्घटनामा अन्य दुई जना घाइते भएका छन् । जसमा वनगाड कुपिण्डे नगरपालिका–१, आँपखोलीका २९ वर्षीय प्रेम बिक र सोही स्थानका २१ वर्षीय खुमलाल बुढाथोकी छन् ।उनीहरू दुवैको अवस्था सामान्य रहेको बताइएको छ ।