ठाकुरबाबा नगरपालिकामा करिब ७ लाख रुपैँयाको भात कसले खायो ?

6.3KShares
ठाकुरबाबा नगरपालिकामा करिब ७  लाख रुपैँयाको भात कसले खायो ?

दीपककुमार शर्मा

१ जेठ बर्दिया । बाहिर एक रुप भित्र फरक रुप भएको पालिका मध्ये बर्दियाको ठाकुरबाबा नगरपालिका लाई पनि लिन सकिन्छ । आदर्शको गफ दिने ठाकुरबाबा नगरपालिकाले १ वर्षमा करिब ७ लाख रुपैया बराबरको भात खाएको छ । बर्दियाको ठाकुरबाबा नगरपालिकाले एक वर्षको अवधिमा करिब ७ लाख रुपैया बराबरको भात खाएको होटलमा विल तिरेको पाइएको छ । महालेखा परिक्षणको कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०७९ / २०८० को प्रतिवेदन अनुसार अलग अलग मितिमा अलग अलग होटलमा भात र खाजा खाएको ६ लाख ९५ हजार ९ सए ९५ रुपैया बराबरको  विल तिरेको देखिएको हो ।

आर्थिक कार्य विधि तथा वित्तिय उत्तरदायित्व ऐन २०७६ को दफा २४ मा सरकारी रकम खर्च गर्दा साधन स्रोतको उच्चतम प्रतिफल र सार्वजनिक खर्चमा मितव्ययीता शुनिच्चित गर्नृ पर्ने उल्लेख छ तर कुन प्रयोजनका लागी कसले भात र खाजा खाएको हुन भन्ने रेकर्ड छैन । प्रतिवेदनका अनुसार २०७९ साल असोज ९ गते कासा केटेज एण्ड लजलाई खाजा तथा खानाको भन्दै २ लाख ७२ हजार ५ सए ५६ , मिति २०७९ साल असोज १२ गते १ लाख ७१ हजार ३ सय ६५ रुपैया न्यु वालिङ्ग होटललाई खाना र खाजाको रक भुक्तानी गरेको पाइएको हो । यसै गरी मिति २०७९ साल माघ २४ गते कासा कटेज एण्ड लजलाई २ लाख ५२ हजार ७४ रुपैया भुक्तानी गरेको पाइएको हो । प्रतिवेदनले प्रयोजन नखुलेको खर्चको रुपमा उल्लेख गरेको छ ।