भेरी नदीमा जिप खस्यो, थप बिवरण आउन बाँकी

भेरी नदीमा जिप खस्यो, थप बिवरण आउन बाँकी

२७ साउन सल्यान । छिन्चु जाजरकोट सडक खण्ड अन्तर्गत भेरी नदीमा जिप खस्दा दुई जना बेपत्ता भएको प्रहरीले जनाएको छ । ।छिन्चु–जाजरकोट सडकखण्डअन्तर्गत वनगाड कुपिण्डे नगरपालिका–१, बाङ्गिरह नजिकै लु १ ज ३०२२ नम्बरको जिप सडकबाट भेरी नदीमा खसेर दुर्घटना भएको हो ।

सो दुर्घटनामा २ जना घाइते भएका छन ।दुर्घटनामा बनगाड कुपिण्डे नगरपालिका–१, आँपखोलीका २९ वर्षीय प्रेम बिक र सोही स्थानका २१ वर्षीय खुमलाल बुढाथोकी घाइते भएका हुन ।बालुवा सङ्ग्रीबाट सल्लीबजारतर्फ जाने क्रममा रहेको उक्त जिप दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।दुर्घटनामा जिप चालक र जिप धनी भेरी नदीमा बेपत्ता भएको बताइएको छ ।उनीहरूको खोजी तथा उद्धारका लागि सुरक्षाकर्मी र स्थानीयवासीले प्रयास गरिरहेका छन् ।