२७ साउन बर्दिया । बर्दियामा भारतीय गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार जिल्लाको बढैयाताल गाउँपालिका ३ प्रट्रोल पम्प नजिकै भारतीय BR02CB2525 नम्वरको गाडीले बुधवार दिउसो ठक्कर दिँदा भे १४ प ८९८९ नम्बरको मोटरसाइकल चालक बढैयाताल गाउपालिका वडा २ सितापुर बस्ने बर्ष ५५ का गणेश प्रसाद पाण्डे को उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
गम्भिर घाइते पाण्डेलाई उद्धार गरी थप उपचारका लागी भेरी अस्पतालमा लगिएको थियो उपचारकै क्रममा केहिबेर अघि मृत्यु भएको प्रहरीले जनाएको छ ।ठक्कर दिने भारतीय गाडी र चालक लाई प्रहरीले कार्यालयले नियन्त्रणमा लिएको छ ।