मखन टोलमा लागेको आगो नियन्त्रणमा आयो, एक जनाको मृत्यु

774Shares
मखन टोलमा लागेको आगो नियन्त्रणमा आयो, एक जनाको मृत्यु

१ जेष्ठ काठमाडौं । काठमाडौंको मखन टोलमा आगलागी भएको छ । आज बिहान ६: ५० बजे  काठमाडौं महानगरको वडा नम्बर २४ स्थित मखन टोल महादेव चोकमा रहेको एक घरमा आगलागी भएको हो ।

दमकल, नेपाली सेना, अन्य सुरक्षाकर्मी र स्थानीयको प्रयासमा आगलागी नियन्त्रणमा लिइएको हो । आगो निभाउन काठमाडौं र ललितपुरका ६ वटा दमकल प्रयोग गरिएको थियो ।दयाराम श्रेष्ठको घरको तेस्रो तल्लामा ग्यास लिक भएर आगलागी हुँदा छेउमै रहेको रुकेश श्रेष्ठको पाँच तले घरमा पनि आगलागी भएको हो ।

सुरज आर्केड पछाडि पर्ने मखन गल्लीमा रहेको दयाराम श्रेष्ठको ४ तले घरबाट आगलागी सुरू भएको थियो । माटो र काठले बनेको कच्ची घरको तेस्रो तल्लामा ग्याँस लिक भई आगलागी सुरु भएको प्रहरीले जनाएको छ ।

एक जना अन्दाजी ७० वर्षकी महिलाको मृत्यु भएको छ जसको नाम खुल्न सकेको छैन । एक जना अन्दाजी ३८ वर्षकी महिलाको ट्रमा सेन्टरमा उपचार भैइरहेको छ ।’ साथै  उक्त आगलागीमा परि एक जना महिलाको मृत्यु भएको  छ , भने एक जना घाइतेको ट्रमा सेन्टरमा उपचार भैइरहेको बोहराले बताए ।