सर्पले डसेपछि सुर्खेतमा एक जनाको मृत्यु

सर्पले डसेपछि सुर्खेतमा एक जनाको मृत्यु

२७ साउन काठमाडौं । सुर्खेतमा सर्पको टोक्दा एक जनाको मृत्यु भएको छ । जिल्लाको चौकुने गाउँपालिका–१० चालिखेकी ५६ वर्षीया देउमा कामीको सर्पको टोकाइबाट मृत्यु भएको हो । बुधबार बिहान घरमा हात धुने क्रममा दायाँ हातको चोर औँलामा सर्पले डसेपछि उपचारका लागि स्वास्थ्य संस्था लैजाँदै गर्दा उनको मृत्यु भएको हो ।

मृतकका देवर बाल विंक अनुसार सर्पले टोकेपछि देउमालाई सुरुमा पश्चिम बाजुरा चौरस्थित पलाईतेको स्वास्थ्य संस्थामा लगिएको थियो । त्यहाँ प्राथमिक उपचार गरिए पनि थप उपचारका लागि आवश्यक स्रोत–साधनको अभाव भएपछि उनलाई सुर्खेत अस्पतालमा रेफर गरिएको थियो ।पलाईतेमा उपचार गर्दा गर्दै साधन–स्रोत नभएपछि सुर्खेत रेफर गरियो । सुर्खेत ल्याउने क्रममा बाटोमै मृत्यु भयो,’ विंकले भने ।