महिलाहरु आर्थिक र शैक्षिक क्षेत्रमा ससक्त हुन जरुरी रहेकोमा जोड

801Shares
महिलाहरु आर्थिक र शैक्षिक क्षेत्रमा ससक्त हुन जरुरी रहेकोमा जोड

३० वैशाख बाँके । एउटा नेतृत्व सफल हुनको लागि पारीवारीक पृष्ठभुमी,शैक्षिक अनुभव ,पारीवारीक सहयोग ,सामाजिक हौसला तथा जिम्मेवारी बोध जस्ता थुप्रै कुराहरु अग्रस्थानमा ल्याउने गरीन्छ । तर लुम्बिनी प्रदेशका सांसद तथा बाँकेको कोहलपुर नगरपालिका बाँकेका पुर्व उपप्रमुख सन्जु कुमारी थारुको फरक अनुभव छ । सन्जु चौधरी विक्रम संवत २०७४ सालमा देश संघिय संरचनामा गइसकेपछि पहिलो पटक कोहलपुर नगरपालिकाको उपप्रमुख पदमा बिजयी हुनु भएको थियो । राजनीतीमा आउनु रहर नभई राजनीतीक परिस्थिती भएको उपमेयर सन्जुको भनाई थियो । अहिले उहाँ लुम्बिनी प्रदेशका सांसद हुनुहुन्छ ।

क्रियाशिल पत्रकार महिला बाँकेले कोहलपुरमा गरेको अन्तरक्रिया कार्यक्रममा उहाँले आफनो अनुभव तथा सिकाइ प्रस्तुत गर्नु भयो । सण्डे क्लब अन्र्तगत क्रियाशिल पत्रकार महिला बाँकेले गरेको कार्यक्रममा उहाँले भन्नुभयो ,“हामिले जति नै ठुला कुरा गरेपनि जबसम्म छोरीहरुलाई शिक्षा दिइदैन । तबसम्म उनिहरुले उचित स्थान हासिल गर्न सक्दैनन । त्यसैगरी आर्थिक रुपमा सक्षम हुन सकेमा मात्र राजनीती लगायत नेतृत्व तहमा राम्रो स्थान हासिल गर्न सकिन्छ । ” उहाँले जिवनमा निकै संघर्ष गर्न जरुरी रहेको बताउँदै आफू विगतमा उपप्रमुख भएर कार्य गर्दा थुप्रै चुनौतीहरु आएको बताउनुभयो । आफू उपप्रमुख हुँदै गर्दा थारु समुदायमा हुने सिकलसेल थालेसिमिया रोग उपचारका लागि पहल ,सामाजिक विकासका लागि बनाएका योजना कार्यान्वयन र पालिकाकाको विकासका लागि खेलेको भूमिकालाई स्मरण गर्दे आगमी दिनमा थप उत्प्रेरणा मिलेको बताउनुभयो ।

अहिले लुम्बिनी प्रदेशको सांसद भएर काम गरीरहदा जनताका मुद्धामा प्रत्यक्ष सहभागी हुन पाएको अनुभव सुनाउनुभयो । उहाँले युवा,महिला तथा बालबालिकाहरुको सवालमा सदैव आवाज उठाउने बताउदै यसपटक पनि लक्षित बर्गका कार्यक्रमहरुमा बजेट कार्यान्वयन गरेको जानकारी दिनुभयो ।बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर ५ रझेनामा मध्यमवर्गिय परिवारमा जन्मिएकी सांसद चौधरीले ब्यबस्थापन संकायमा स्नाकोक्तर गर्नुभएको छ भने अहिले एलएलबी अध्ययन गरीरहनु भएको छ । राजनीतीक यात्रमा घरपरिवारको राम्रो सहयोग पाएको उहाँले बताउनु भएको छ । युवा नेतृ सन्जु कुमारी चौधरीले आज पत्रकार महिलाहरु संगको अन्र्तक्रियामा बोल्दै आगमी दिनमा राजनीती क्षेत्रमा थप ससक्त भएर लागि पर्ने बताउनुभएको छ । उहाँले प्रत्यक्ष निर्वाचित सांसद र समानुपातीक सांसदबीच मताधिकार बराबर हुने भएकाले बजेट कार्यान्वय देखी अधिकारका सवालमा विभेद गर्न नहुने धारणा राख्नुभयो ।

क्रियाशिल पत्रकार महिला बाँकेका अध्यक्ष साबित्री गिरीको अध्यक्षतामा भएको अन्र्तक्रिया कार्यक्रममा संस्थापक अध्यक्ष अक्षरी पोखरेल ,नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका सचिव सरला सुवेदी ,सञ्चारिका समुह बाँकेका अध्यक्ष पवित्रा परियार र नेपाल प्रेस युनियनका केन्द्रिय सदस्य कमला हमाल लगायतले बोल्नु भएको थियो भने अन्य उपस्थित पत्रकार महिलाहरुले सांसद सन्जु चौधरीलाई प्रश्न गर्नुभएको थियो । पत्रकार महिलाहरुले गरेको प्रश्नमा सांसद चौधरीले खुलेर जवाफ दिनुभएको थियो । साथै उहाँले महिला नेतृत्वको जिवनको सफलता ,संघर्ष र कार्यअनुभवका बिषयमा अन्र्तक्रिया गरेकोमा खुशी समेत ब्यक्त गर्नुभयो । कार्यक्रमका सहभागीहरुले राजनीतीक क्षेत्रमा कार्यरत महिलाहरुका साथै ग्रामिण क्षेत्रका ससक्त महिलाहरु बिच पनि यस्ता कार्यक्रम गर्न जरुरी रहको बताउनु भयो । कार्यक्रममा नेपालगन्ज र कोहलपुर क्षेत्रका विभिन्न मिडियामा कार्यरत पत्रकार महिलाहरुको सहभागीता रहेको थियो ।