३० वैशाख दाङ । दाङमा भर्याङबाट लडेर एक महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ ।दाङको तुलसीपुर उपमहानगरपालिका–१७ बगौसी निवासी ७० वर्षीय टीका श्रीसको आफ्नै घरको भर्याङबाट चिप्लेर लड्दा मृत्यु भएको प्रहरीले जनाएको छ।भर्याङबाट लडेकी टीकाको टाउको र मुखमा चोट लागेको थियो।