क्याम्पस टपर विद्यार्थिलाई माओवादीको सम्मान

1.7KShares
क्याम्पस टपर विद्यार्थिलाई माओवादीको सम्मान

२९ वैशाख बर्दिया । नेकपा माओवादी केन्द्र गुलरिया नगर कमिटिले क्याम्पस टपर विद्यार्थिलाई सम्मान गरेको छ ।
नेकपा माओवादी केन्द्रको गुलरिया नगर कमिटिको तेस्रो अधिवेशनको अवसरमा बबई बहुमुखि क्याम्पसमा अध्ययनरत क्यापस टप संजय कुचबधिया,व्यवस्थापन संकाय तर्फ जानकी चौधरी , मानविकी संकाय तर्फका र शिक्षा शास्ब संकाय तर्फका महिमा भुजुवा लाई सम्मान गरिएको छ  . यसैगरी २०८० सालमा एसइइमा गुुलरिया नगरपालिका भित्र उत्कृष्ट भएका हेमन्त भुसाललाई सम्मान गरिएको हो ।

नगरमा शिक्षाको माध्यमबाट अन्यका लागी पनि प्रेरणा वनेका कारण विद्यार्थिहरुलाई सम्मान गरिएको नेकपा माओवादी केन्द्र गुलरिया नगर कमिटिका अध्यक्ष गेहेन्द्र प्रसाद ढकालले बताउनु भयो । उत्कृष्ट विद्यार्थिलाई नेकपा माओवादी केन्द्रका केन्द्रिय उप महासचिव तथा पुर्व मन्त्री जनार्दन शर्माले प्रमाण पत्र तथा खादा ओढायर सम्मान गर्नु भएको थियो ।