२९ वैशाख काठमान्डौ । श्रीलंकामा बस दुर्घटनामा २१ जनाको मृत्यु भएको छ र १४ जना गम्भीर घाइते भएका छन् । श्रीलंकामा बौद्ध धर्मावलम्बी चढेको बस दुर्घटना हुँदा २१ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
करिब ७० जना सवार उक्त बस मध्य तीर्थस्थल कातारागामाबाट पहाडी क्षेत्र कोटमाले हुँदै कुरुनेगाला शहर जाँदै गर्दा आइतबार बिहान भीरबाट खसेको थियो । दुर्घटनास्थलमा १५ जनाको र अस्पतालमा उपचारको क्रममा ६ जनाको मृत्यु भएको थियो ।घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।