२८ वैशाख काठमान्डौ । अपरेसन सिन्दूर अन्तर्गत भारतले गरेको कारबाहीमा पाकिस्तानमा मारिएका पाँच‘प्रमुख आतंककारीको विवरण सार्वजनिक गरिएको छ ।भारतले बुधबार पाकिस्तान र पाकिस्तान नियन्त्रित कश्मीर पीओकेका नौ आतंकवादी पोस्टहरूमा मिसाइल आक्रमण गरेको थियो ।अप्रिल २२ मा जम्मुकश्मीरको पहलगाममा भएको आतंकवादी आक्रमणको बदलामा भारतले गरेको कारबाहीमा उनीहरू मारिएका हुन् ।
मारिनेमा मु्दस्सर खडीयान खास उर्फ मुदस्सर उर्फ अबु जुनदल रहेका छन् । उनी लश्कर ए तोइबामा आबद्ध थिए भने मुरिदकेस्थित मर्कज तोइबा प्रमुख थिए ।उनको अन्त्येष्टि गरिएको छ । अन्त्येष्टिमा पाकिस्तानी सेनाले ‘गार्ड अफ अनर’ दिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । पाकिस्तानका सेनाप्रमुख र पञ्जाबकी मुख्यमन्त्री मरियम नवाजतर्फबाट पुष्पगुच्छ अर्पण गरिएको थियो ।