२७ साउन सुर्खेत । सुर्खेतमा आफनै श्रीमतीलाई आगो लगाउने श्रीमान पक्राउ परेका छन । प्रहरीले दिएको जानकारी अनुसार सुर्खेतको भेरीगंगा नगरपालिका–१३, रामघाटमा श्रीमतीमाथि पेट्रोल छर्केर आगो लगाएको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।मंगलबार साँझ करिब ५ बजे ४९ वर्षीय जयबहादुर रानाले आफ्नी ५० वर्षीया श्रीमती महेश्वरी रानाको शरीरमा पेट्रोल छर्केर आगो लगाएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । उनकी १८ वर्षीया छोरी पुष्पा रानाले तत्काल आगो निभाएकी थिइन् ।
घटनामा महेश्वरीको अनुहार, घाँटी तथा शरीरका विभिन्न भाग जलेको छ । उनको शरीरको करिब ३५र३६ प्रतिशत भाग जलेको र अवस्था मध्यम रहेको चिकित्सकले जानकारी दिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी प्रहरी निरीक्षक कविन्द्रसिंह बोहराले जानकारी दिए । घटनालगत्तै जयबहादुरलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको छ ।