बर्दियामा प्रधानाध्यापक अख्तियारको नियन्त्रणमा

774Shares
बर्दियामा प्रधानाध्यापक अख्तियारको नियन्त्रणमा

२७ भाद्र  बर्दिया । बर्दियाको राजापुर नगरपालिका वडा नम्बर ७ भिम्मापुर स्थित श्रीसरस्वती बाल प्राथमिक विद्यालय शंकरपुरका प्रधानाध्यापकलाई अख्तियारले नियन्त्रणमा लिएको छ ।घुस मागेको सूचना एवम् उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल सम्पर्क कार्यालय नेपालगञ्जबाट खटिएको टोलीले लक्ष्मीदेवी उपाध्यायलाई नियन्त्रणमा लिएको हो ।

सेवाग्राहीसँग हाजिरी गराउन सहजीकरण गरिदिने प्रयोजनको लागि १४ हजार ५०० रुपैयाँ घुस लिएको आरोपमा अख्तियारले उपाध्यायलाई मंगलबार राजापुर नगरपालिका वडा नम्बर ४ स्थित सरस्वती भवन नजिकबाट नियन्त्रणमा लिई अनुसन्धान अघी बढाएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रेस विज्ञप्ती मार्फत जानकारी गराएको छ