नेम्वाङका दुबै छोरा काठमान्डौ आइपुगे

72Shares
नेम्वाङका दुबै छोरा काठमान्डौ आइपुगे

२७ भदौ, काठमान्डौ । संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङका दुवै छोरा काठमान्डौ आइपुगेका छन ।जेठा छोरा मिङ्सो नेम्वाङ युके बाट तथा कान्छो छोरा अष्ट्रेलिया बाट काठमाडौं आइपुगेका हुन ।

जेठा छोरा मिङ्सो नेम्वाङ

अष्ट्रेलियामा रहेका कान्छा छोरा सुहाङ नेम्वाङ पनि काठमाडौं पुगिसकेका छन् ।दुवै छोराहरूले च्यासस्थित एमाले पार्टी कार्यालय पुगेर बुबालाई श्रद्धाञ्जली दिएका छन् ।भोलि बिहीबारनेम्वाङको अन्त्येष्टि गरिने छ ।

कान्छा छोरा सुहाङ नेम्वाङ

सरकारले राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने र सार्वजनिक बिदा दिने निर्णय गरेको छ । नेम्वाङको मंगलबार बिहान हृदयाघातका कारण निधन भएको थियो ।