‘अञ्जिला’ महिला राष्ट्रिय फुटबल टोलीकी कप्तान एन्जिला तुम्बापो सुब्बाको जीवनमा आधारित फिल्म हो, जसमा एन्जिलाले आफैँ प्रमुख भूमिका निभाएकी छन् । फिल्ममा उनीसँगै सुनिल थापा, दयाहाङ राई, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ, बुद्धि तामाङ लगायतको अभिनय छ । यो फिल्मको आम्दानीबाट एन्जिलाका लागि काठमाडौंमा घर खरिद गर्ने तयारीमा निर्माता छन् ।
सम्पुर्णलाई धेरै धन्यवाद ! ‘अञ्जिला’ को २७ वटा देशमा राम्रो प्रदर्शन भइरहेको छ भने, नेपालको ४५ वटा चलचित्र भवनमा चलचित्र चलिरहेको छ यदी कसैले हेर्नुभएको छैन भने हर्नसक्नुहुन्छ,’ उनले भने ।यस्तै चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले निर्देशक मिलन चाम्स र निमार्ता प्रेम श्रेष्ठको मात्र सफलता नभई चलचित्र उद्योगकै सफलता भएको बताए । उनले नेपाली महिला राष्ट्रिय फुटबल टीमकी कप्तान तथा गोलरक्षक एञ्जिला तुम्बापो सुब्बा देशकै गहना भएको भन्दै यो चलचित्र आफैमा महत्वपूर्ण रहेको बताए ।
नेपाली महिला राष्ट्रिय फुटबल टीमकी कप्तान तथा गोलरक्षक एञ्जिला तुम्बापो सुब्बा जीवनीमा आधारित यो चलचित्रमा सुनील थापा, विजय बराल, सृजना सुब्बा, माओत्से गुरुङ, बुद्धि तामाङलगायत कलाकारले अभिनय गरेका छन् । सुदीप बरालले छायाङ्कन गरेको चलचित्रमा मिलन श्रेष्ठले सम्पादन गरेका छन्।