भोली बिहिवार सार्वजनिक बिदा

63Shares
भोली बिहिवार सार्वजनिक बिदा

२६ भदौ, काठमाडौं । संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनको शोकमा सरकारले बिहीबार सार्वजनिक बिदा दिएको छ ।

नेम्वाङको अन्तिम संस्कार बिहीबार हुने भएकाले देशभर सार्वजनिक बिदा दिइएको गृहमन्त्रालयले जनाएको छ । मंगलबार बिहान मन्त्रिपरिषद्को बैठकले दिवङ्गत नेम्वाङको अन्तिम सम्मानको व्यवस्था गर्ने तथा शोक मनाउन अन्तिम संस्कार हुने दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।नेम्वाङको बिहीबार बिहान ११ बजे राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने भएको छ । श्रद्धाञ्जली अर्पणका लागि नेम्वाङको पार्थिव शरीर बुधबार दिउँसो १ बजेसम्म च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा राखिने नेकपा एमालेले जनाएको छ ।श्रद्धाञ्जली अर्पणपछि पारिवारिक तथा धार्मिक संस्कारका लागि उनको पार्थिव शरीर बालुवाटारस्थित निवासमा राखिने भएको छ । त्यहाँ नेम्वाङको शरीरप्रति उनका आफन्तजन, इष्टमित्र र परिवारका सदस्यहरूबाट अन्तिम श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम रहेको छ ।

बिहीबार सबै सरकारी कार्यालयहरू, विदेशस्थित नेपाली दूतावास र नियोगहरूमा सार्वजनिक बिदा हुने र ती कार्यालयहरूमा राष्ट्रिय झन्डा आधा झुकाइने मन्त्रालयले जनाएको छ । नेम्वाङको ७१ वर्षको निधन भएको थियो ।