हिजो बिहानैदेखि ज्वरो , बेलुका सुप मात्र खाएर सुतेका थिए नेम्वाङ

66Shares
हिजो बिहानैदेखि ज्वरो , बेलुका सुप मात्र खाएर सुतेका थिए नेम्वाङ

२६भदौ काठमान्डौ । हृदयघातका कारण निधन भएका संविधानसभा अध्यक्ष एवम् नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङ सोमबार दिनभर घरमै आराम गरेर बसेको बताइएको छ ।उनकी श्रीमती विशाल नेम्वाङका अनुसार आइतबार धरान पुगेर फर्किएका नेम्वाङलाई सोमबार बिहानैदेखि ज्वरो आएको थियो।घरमै आएका डाक्टरले हिजो साँझ पनि नेम्वाङको स्वास्थ्य परीक्षण गरेका थिए। त्यतिबेला उनलाई १०२ डिग्री ज्वरो आएको थियो।डाक्टरले स्वास्थ्य परीक्षण गरेपछि अस्पताल जानुपर्दैन घरमै आराम गर्दा हुन्छ भनेकाले नेम्वाङले आराम गरेका थिए।केहि खान मन नगरेका नेम्वाङ बेलुका सुप खाएर सुतेका थिए राति १ बजेतिर घरको शौचालयमा बेहोस भेटिएपछि शिक्षण अस्पताल महाराजगञ्ज पुर्‍याइएको थियो।

उनको पार्थिव शरीर भोलि बुधबार सम्म पार्टी कार्यालय च्यासलमा राखिने एमालेले जनाएको छ।