संसद् भवन जल्दा खुशी मनाउनेकी छोरी प्राज्ञ सभा सदस्य

संसद् भवन जल्दा खुशी मनाउनेकी छोरी प्राज्ञ सभा सदस्य

२५ साउन काठमाडौं । जेनजी आन्दोलनको क्रममा बानेश्वरस्थित संघीय संसद भवनमा भएको हिंसात्मक प्रदर्शन र आगजनीपछि खुशी मनाउँदै भिडियो बनाएका पूर्वफुटबल खेलाडी, कमेन्टेटर एवं विभिन्न रियालिटी शोका निर्देशक अमनप्रताप अधिकारीकी छोरी अक्षता अधिकारी नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको प्राज्ञ सभा सदस्यमा नियुक्त भएकी छन् ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तनहुँकी अधिकारीलाई साउन २२ गते प्राज्ञ सभा सदस्यमा नियुक्त गरेको हो ।

नियुक्तिको सूचीमा उनको नाम १८ औं नम्बरमा रहेको छ।संसद् भवनमा आगजनीपछि अमनप्रतापले खुशी मनाउँदै भिडियो बनाएको विषयलाई लिएर त्यसबेला सामाजिक सञ्जालमा व्यापक आलोचना भएको थियो ।अहिले उनकै छोरी अक्षता प्राज्ञ सभा सदस्य नियुक्त भएकी हुन् ।