२५ भदौ विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहालले आफु भ्रष्टाचारको विरुद्धमा लागेको हुँदा सरकार टिक्दैनकी भन्ने सोचमा नरहेको बताएका छन । विराटनगरमा समाजवादी मोर्चा नेपालले आयोजना गरेको सन्देश सभालाई सम्बोधन गर्दै उनले आफुलाई सरकार कतिन्जेल टिक्छ भन्नेमा चिन्ता नभएको भन्दै भ्रष्टाचारविरुद्ध लागेको बताएका हुन् ।भ्रष्टाचारविरुद्धको अभियानलाई अन्तिमसम्म पुर्याएरै छाड्ने आफूले अठोट लिएको बताए।
भुटानी शरणार्थी, ललिता निवास जग्गा प्रकरण, सुन प्रकरण लगायतका भ्रष्टाचार र भ्रष्टाचारीको विरुद्वमा सरकार लागेको बताउँदै उनले तर, केही तत्व भने सरकारविरुद्ध लागेकाले सरकारको आयुबारे प्रश्न उठेको बताए ।