२५ भदौ बाँके । नेपालगञ्ज विमास्थलबाट प्रहरीले २६ लाख नगदसहित सरकारी अधिकृतलाई पक्राउ गरेको छ ।श्री एयरलाइन्स मार्फत काठमाडौँ जान लागेको अवस्थामा सापकोटालाई पक्राउ गरिएको बाँकेका एसपी सन्तोषसिंह राठौरले बताए । सापकोटालाई थप अनुसन्धान र कारबाहीका लागि प्रहरीले अख्तियारको जिम्मा लगाउने भएको छ ।
पक्राउ पर्नेमा आन्तरिक राजस्व कार्यालय तुल्सीपुर, दाङमा कार्यरत कर अधिकृत खगेन्द्र सापकोटा छन् ।