आङ सान सुकीको रिहाइसम्बन्धी आह्वान म्यानमाद्वारा अस्वीकार

आङ सान सुकीको रिहाइसम्बन्धी आह्वान म्यानमाद्वारा अस्वीकार

२४ साउन काठमान्डौं । म्यानमारको सैन्य समर्थित सरकारले नजरबन्दमा रहेकी पूर्वनेतृ आङ सान सुकीको पूर्ण तथा निःशर्त रिहाइका लागि दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको सङ्गठन आसियानले गरेको आह्वान अस्वीकार गरेको छ ।म्यानमारको विदेश मन्त्रालयले आसियानको विशेष दूतको आवश्यकता पनि नरहेको जनाएको छ ।

राष्ट्रपति मिन आङ ह्लाइङले सन् २०२१ मा सुकी नेतृत्वको निर्वाचित सरकारबाट सत्ता कब्जा गरेपछि म्यानमारले आसियानसँग सम्बन्ध सुधार गर्ने प्रयास गर्दै आएको छ ।आसियानले सन् २०२१ मा म्यानमामा हिंसा अन्त्य गरी सम्बन्धित पक्षबीच संवाद सुरु गराउने उद्देश्यले पाँचबुँदे सहमति गरेको थियो ।