नदीमा डुबेर १३ वर्षीय बालकको मृत्यु

822Shares
नदीमा डुबेर १३ वर्षीय बालकको मृत्यु

३० चैत कैलाली । कैलालीमा नदीमा डुबेर एक बालकको मृत्यु भएको छ । कैलालीको घोडाघोडी नगरपालिका–११ सिसैयामा कान्द्रा नदीमा डुबेर १३ वर्षीय बालकको ज्यान गएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार सिसैयाका उपेन्द्र कडायत नुहाउने क्रममा डुबेर बेपत्ता भएका थिए। खोजीपछि उनको शव नदीमै फेला परेको प्रहरी नायब उपरीक्षक डीएसपी कबिन्द्रसिंह बोहराले जानकारी दिए।