साना आठ दल मिलेर ‘अग्रगामी मोर्चा’ घोषणा

साना आठ दल मिलेर ‘अग्रगामी मोर्चा’ घोषणा

२३ साउन काठमान्डौं । समावेशी लोकतन्त्र, संघीयता, सामाजिक न्याय तथा समृद्ध नेपाल निर्माणको उद्देश्यलाई थप सशक्त बनाउने भन्दै विभिन्न सात दल मिलेर ‘अग्रगामी मोर्चा’ घोषणा गरेका छन् ।नयाँ बानेश्वरको थापागाउँस्थित एक ब्यांक्वेटमा आयोजित ‘अग्रगामी मोर्चा’ घोषणा गरिएको हो । कार्यक्रममा प्रगतिशील लोकतान्त्रिक पार्टीका संरक्षक जनार्दन शर्माले अवधारणा पत्र सार्वजनिक गरेका छन् ।

मधेश, थरूहट, दलित तथा उत्पीडित वर्ग र सीमान्तकृत समुदायका अधिकारका लागि क्रियाशील दल तथा नेताहरू एकीकृत भएर शनिबार मोर्चा घोषणा गरेका हुन् ।जसपा नेपाल, जनमत पार्टी, आम जनता पार्टी, नागरिक उन्मुक्ति पार्टी नेपाल, प्रगतिशील लोकतान्त्रिक पार्टी, नेपाल संघीय समाजवादी पार्टी, बहुजन एकता पार्टी नेपाल, र खुम्बुवान राष्ट्रिय मोर्चाले ‘अग्रगामी मोर्चा’ गठन गरेका हुन् ।