२४ चैत्र काठमाडौं ।अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्प र डोज (डिपार्टमेन्ट अफ गभर्नमेन्ट इफिसियन्सी) प्रमुख इलन मस्कविरूद्ध प्रदर्शन भएको छ।शनिबार अमेरिकाको ५० वटै राज्यमा ट्रम्प र मस्कविरूद्ध त्यहाँका नागरिकहरू सडकमा निस्किएर प्रदर्शन गरेका हुन्।
ट्रम्पले दोस्रो कार्यकालका लागि जिम्मेवारी सम्हालेको तीन महिना नहुँदै अमेरिकामा उनीविरूद्ध नागरिकहरू सडकमा निस्किएका हुन्।
अर्बपतिहरूको सत्ता कब्जा रोक्न, जनताका सेवामा कटौती बन्द गर्न र आप्रवासी र अन्य समुदायमाथिको आक्रमण रोक्नुपर्ने प्रर्दशनकारीहरुले माग गरेका छन् ।
प्रदर्शनकारीहले ‘ह्यान्ड्स अफ’ लेखिएको प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए।